पाकिस्तानमा पुर्व-क्रीकेटर पछी भुटानमा चिकित्सक प्रधानमन्त्री बन्दै, नेपालका दलहरुले के सिक्ने ?

काठमाडौ कार्तिक ४
पाकिस्तानमा पुर्व क्रीकेटर इमरान खान प्रधानमन्त्री निर्वाचित भएको केहि समयमै फेरि भुटानमा एक चिकित्सक प्रधानमन्त्री बन्ने पक्का भएको छ

भुटानमा भर्खरै सम्पन्न आम निर्वाचनमा चिकित्सक लोते छिरिङले नेतृत्व गरेको नयाँ पार्टी ड्रुक न्यामरुप सोङ्पा ले भारी बहुमतसहित विजय प्राप्त गरेको छ।चिकित्सक लोते छिरिङले नेतृत्व गरेको ड्रुक न्यामरुप सोङ्पा (डिएनटी)ले नेसनल एसेम्ब्लिका लागि निर्वाचन भएका ४७ सिटमध्ये ३० सिटमा विजय प्राप्त गरेको छ।

शुक्रबार भुटानको निर्वाचन आयोगले मत परिणाम घोषणा गरेसँगै तेस्रो निर्वाचनपछि भुटानमा तेस्रो पार्टीले सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ।

भुटानी राजाले सन् २००८ मा संवैधानिक राजतन्त्र अन्तरगत बहुदलीय व्यवस्थाको घोषणा गरेपछि त्यहाँ मतदाताले निर्वाचनमार्फत सरकार चुन्न थालेका हुन्। सन् २००८ को पहिलो निर्वाचनमा भुटानी राजदरबार नजिक रहेको ड्रुक फुनसुम सोङ्पा (डिपिटी) निर्वाचित भएको थियो।

२०१३ मा भएको दोस्रो निर्वाचनमा सो पार्टीलाई हराउदै छिरिङ तोग्वे नेतृत्वको पिपुल्स डेमोक्र्याटिक पार्टी (पिडिपी) ले बहुमत प्राप्त गर्‍यो। तोग्वेले पाँच वर्ष सरकारको नेतृत्व गरे। यसपालि भने तोग्वेको पार्टी पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरियो।

भुटानमा अधिकांश संसदीय लोकतन्त्रभन्दा फरक चुनाव प्रणाली छ। पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई पार्टीले मात्र दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँछन्। तिनै दुई पार्टी मध्ये एउटाले सरकार बनाउँछ, अर्कोले प्रतिपक्षीको भूमिका निभाउँछ। पूर्वप्रधानमन्त्री तोग्वेको पार्टी यसपालि निर्वाचनको पहिलो चरणमा तेस्रो स्थान मात्र हासिल गरेकाले दोस्रो चरणमा पुग्न सकेन।

बंगलादेश र अष्ट्रेलियामा मेडिसिन पढेका ५० वर्षीय युरोलोजी सर्जन छिरिङले उच्च विदेशी ऋण, युवा बेरोजगारी, ग्रामीण गरिबी र अापराधिक समूहहरुका विरुद्ध लड्ने बाचा गरेका छन्।

बिजुली उत्पादनका लागि भारतसँग एक अर्ब पचास करोड ऋण लिएको भुटानका लागि विदेश ऋण ठूलो मुद्दा बन्ने गरेको छ।

नि:शुल्क वाईफाई उपलब्ध गराउने, १० कक्षाको एसएलसी जाँच हटाउने, पानी र आवासको समस्या समाधान गर्ने जस्ता छिरिङका घोषणा पनि पनि मतदाताबीच लोकप्रिय भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

छोटो समयको बिचमा भएको पाकिस्तान र भुटानको निर्वाचन र त्यसको परिणाम हेर्दा नेपालमा हाल अस्तित्वमा रहेका ठुला राजनीतिक दलहरूले पनि धेरै कुरा सिक्न अत्यावश्यक देखिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *