चीनमाथि नेपालको १० विकेटको जित, २७ रनको लक्ष्य ११ बलमा भेट्टायो

२४ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ ।

चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, प्रदीप ऐरी ४ रनमा अविजित रहे ।

यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौति पाएको हो ।

चीनका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । चीनका ३ जना खेलाडीले मात्रै रन बनाउन सके । चीनका लागि होङ जियाङ यानले ११ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए । डेङजी माले ५ र चेन जिनफेङले १ रन बनाए । चीनका ७ जना खेलाडी शुन्य रनमै आउट भए ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।

लगतार ५ खेलमा शानदार जित हात पारेको नेपालले १० अंक बनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *