काठमाडौ-७ निर्वाचन मंसिरमा, वामदेव विरुद्ध मिश्र उत्रने । काङ्ग्रेसबाट को ?

२४ असोज, काठमाडौ नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेसँगै राजनीतिक वृत्तमा एउटा तरंग आएको छ अझ नेकपाभित्र त यसले भुँइचालो नै ल्याएको छ ।

तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो । उपनिर्वाचन हुने निश्चित भएसँगै वामदेवका सम्भावित प्रतिद्वन्द्वीबारे पनि चर्चा परिचर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।

वामदेव काठमाडौं–७ बाट निर्वाचनमा खडा हुने भएपछि उनका विरुद्ध कांग्रेसबाट प्रकाशशरण महत, धनराज गुरुङ र विश्वप्रकाश शर्मा मध्ये एकजना उठ्ने सम्भावना धेरै छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उम्मेदवार दिने योजना बनाइसकेका छन् ।

दशैंको घटस्थापना शुरु भएकाले दशैंतिहारपछि उपनिर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ठूला चाड सकिएपछि मंसिरमा निर्वाचन गर्ने गृहकार्यमा सरकार लागेको छ । पुस महिनामा धेरै जाडो बढ्ने भएकाले मंसिरमै उपनिर्वाचन सकाउने योजना बनाएको छ ।
निर्वाचनमा न्यूनतम ११ करोड सम्म खर्च हुने अनुमान गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *