प्रधानमन्त्री बनेकामा प्रचण्डलाई देउवाको बधाई

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘ अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’ बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ’, महराको भनाइ छ । उनले मन्त्रालयबारे टुङ्गो लागि नसकेको भन्दै ११ बस्ने सात दलीय गठबन्धनबाट टुङ्गो लाग्ने पनि जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *