दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेस्सी

काठमाडौं – विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। मेसीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।

यसअघि सन् २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले स्तब्ध पारेको थियो।

त्यसको ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई रोमाञ्चक खेलमा हराउँदै तेस्रो पटक विश्वकपको उपाधि उचालेको हो।

अर्जेन्टिनालाई उपाधि जिताउँदा मेसीले फाइनलमा २ गोल गरे। जारी विश्वकपमा उनले ७ गोल गर्दै सर्वाधिक गोलमा एम्बाप्पेभन्दा १ गोलले पछि परे।

निर्धारित समय २–२ मा सकिएको खेल अतिरिक्त समयमा पनि १-१ गोल भएर खेल बराबरीमा भएको थियो। अतिरिक्त समयमा खेल ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका कप्तान मेसीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका हुन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *