फेसबुकले निस्क्रिय बनायो एमआरआर ग्रुपलाई

काठमाडौं – चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको सन्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो ।

सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकले आकलन गरेका छन् ।

यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निस्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *