हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।

यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

‘हामी कसैले के नसोचौं भने चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं । त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ’ प्रचण्डले भने, ‘हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *