सक्रिय राजनीति सुरु गरेको ७ वर्षमै बेलायती प्रधानमन्त्री बने भारतीय मुलका ४२ वर्षीय ऋषि सुनक

काठमाडौं – अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ ।

लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए ।

भर्खरै भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा पुग्न असफल प्रयास गरेका बौद्धिक नेता शशी थरुरको भनाइ यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । ‘बेलायतले हामीलाई पुर्‍याएको क्षतिको परिपूरण असम्भव छ । उसले हामीलाई केवल सरी भनिदिए पुग्छ ।’

भारतीय मूलकै एक युवक बेलायती प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन्, ‘के थरुरले भनेजस्तै सुनकले बेलायती प्रधानमन्त्रीको हैसियतमा भारतसँग माफी माग्लान् ?’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *