सेन्ट्ररल कलेजको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम भब्य रूपमा सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्ररल कलेजमा स्नातक तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रथम सेमेस्टरमा नयाँ आउने विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कलेजका संस्थापक, अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पढाइ सँगसँगै विद्यार्थीहरु आत्मनिर्भर बन्नतिर पनि लाग्नुपर्ने र त्यसको लागि सेन्ट्ररल कलेजले क्षमता बिकास गर्ने बताउनुभयो । त्यस्तै कलेजका प्रबन्ध निर्देशक एव प्राचार्य पारस श्रेष्ठले सेन्ट्ररल कलेजबाट अहिलेसम्म उत्पादन भएका जनशक्ति कोहि खाली हात बस्नु नपरेको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको त्रीपक्षिय समन्वय बाट उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउनुभयो । साथै भर्खरै प्लस टु को रिजल्टमा उतिर्ण विद्यार्थीहरुलाइ बधाई दिँदै गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि सेन्ट्ररल कलेजलाई सम्झिन पनि उहाँले आग्रह गर्नुभयो

कार्यक्रममा सहायक क्याम्पस प्रमुख गणेश बुढाथोकीले सेन्ट्ररल कलेजले सक्षम र योग्य जनशक्ति उत्पादनका लागि व्यबहारिक र प्रयोगात्मक पक्षलाई बढी महत्त्व दिएको बताउनुभयो ।

कार्यक्रममा मिस एण्ड मिस्टर फ्रेसर प्रतियोगिता सँगसँगै विद्यार्थीहरुले गायन, नृत्य लगायत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्ररल कलेजले लामो समयदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ । कलेजले स्नातक तहमा BBA, BHM र BHCM मा धमाधम भर्ना लिँदै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *