आनन्द माविको विकृति विरुद्ध अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघको ज्ञापनपत्र

सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं १ स्थित रहेको पुरानो श्री आनन्द माविमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थीहरुले विद्यालयमा भएको गतिविधिलाई प्रस्ट पार्नको लागि संयुक्त ज्ञापन पत्र गाउँपालिका उपाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला कायस्थ र बिद्यालयका नि-प्रधानध्यापक शंकर ज्ञवालीलाई बुझाएको छ।

जुगल हिमालको काख र ब्रम्हायणी नदीको किनारामा रहेको पुरानो बिद्यालय आनन्द माविमा भएको विकृति विसङ्गतिको बारेमा विद्यार्थी हरुको गम्भीर ध्यााकर्षण भएको हो।

अखिल (क्रान्तिकारी) को जिल्ला उपाध्यक्ष हरि पौडेलले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक कार्यकर्ताको भर्ति केन्द्र जस्तो बनाएर स्थायी दरबन्दीकाे कोटा कुनै पनि बाहानामा राहतसँग साटिए आफुहरू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने र विद्यालय प्रशासनको लापरबाही तुरुन्त सच्याएर गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थीहरूको भविष्यमा खेलवाड नगर्नका लागि ध्यानाकर्षण गराउनुभयो।

विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने गरि विद्यालयका निवर्तमान प्र.अ भूमि नन्द तिमल्सिना सरुवा भई गएको ६ महिना हुदा पनि पद पूर्ति गर्न नसकेको इन्जिनियरिङ विषयको पठनपाठन मा पर्याप्त प्रयोगात्मक सामग्रीको अभाब भएको नियमित रूपमा पठनपाठन राम्रो संग सञ्चालन नभएको र प्रधानध्यापक नियुक्तिमा ढिलाइ भएको ज्ञापनपत्र उलेख गरिएको छ।

विद्यालय व्यवसथापन समितिका अध्यक्ष गाउँपालिका उपाध्यक्ष हुदा पनि यस विद्यालयको समस्यामा ध्यान नपुगेकोमा विद्यार्थी अभिभावक दुःखी भएको बताए।

विद्यार्थीहरुको माग
१बिद्यालयमा भइरहेको शिक्षकको स्थायी दरबन्दी राहत संग साट्ने प्रयतन बन्द गरि तुरुन्त स्थायी शिक्षक सरुवा वा विज्ञापनबाट पदपूर्ति गर्नु पर्ने।

२ प्रधानाध्यापकको नियुक्ति आजको मितिले ५ दिनभित्र गरिसक्नु पर्ने।

३ इन्जिनियरिङ विषयमा भएको शिक्षक अभाबको पद पूर्ति गर्नुपर्ने।

४ इन्जिनियरिङ विषयको प्रयोगात्मक क्रियाकलापलाई सामाग्री अभाब पूर्ति गर्नु पर्ने र ल्याबमा हालसम्म ल्याएको सामानको हिसाब किताब अभिभावक र विद्यार्थी प्रतिनिधि बीच सार्वजानिक गर्नुपर्ने।

५ यस विद्यालयमा भएको निर्माणको हिसाब किताब र आर्थिक प्रतिवेदन अभिभावक र विद्यार्थी प्रतिनिधि बीच सार्वजानिक गर्नुपर्ने।

६ निजी स्रोतका कार्यरत शिक्षकहरूको सेवा सुविधा नियमित नदिएको तत्काल व्यवस्थापन गरि श्रमको सम्मान गर्नुपर्ने।

७ नियमित पठनपाठनमा भएको शिक्षकको लापरवाही लाई प्रशासनले नियंत्रण गर्न नसकेको विद्यार्थीबाट गुनासो आएकोले तत्काल व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने।

ज्ञापन पत्र लिदै गाउँपालिका उपाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला कायस्थ श्रेष्ठले भन्नुभयो पहिला म यो मावि मा आउँदा कति राम्रो देखियो अहिले म वि. व्य. स को अध्यक्ष भएपछि त खोक्रो पो देखियो अब म जेरो लेवलबाट सुरु गर्छु अब यो विद्यालय लाई नयाँ ढंगबाट चलाऊने समेत बताइन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *