जनतालाई आफ्नो सत्ताको मालिक आफैं हुने व्यवस्था माओवादी आन्दोलनले गरेको छ- दिपेश पुन

काठमाडौं – अखिल (क्रान्तिकारी)डडेल्धुराको सातौं जिल्ला सम्मेलनका प्रमुख अतिथि सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले माओवादी जनयुद्वले काठमाण्डौ केन्द्रित एकात्मक सत्ता ध्वस्त पारेर संघिय व्यवस्था अनुसार सुदुरपश्चिमका जनताले आफ्नो निर्णय आफैं गरेर आफ्नो सत्ताको मालिक पनि आफैं हुने व्यवस्था गरेकोले उक्त सत्तामा सुदुरपश्चिमका युवा विद्यार्थीहरु देश र जनताको पक्षमा लड्दै आएको माओवादी पार्टीको पक्षमा गोलबन्द हुन आग्रह गरे।

नेपालको संविधानमा मौलिकहकको रुपमा लेखिएको शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लागि शसक्त संघर्षको माध्यमबाट अघि बढ्दै नेपालमा असमान पढाई र समान प्रतिस्पर्धा हुने विभेदपुर्ण शिक्षाको अन्त्य गर्दै नेपालमा एउटै शिक्षा प्रणाली लागु गर्न नयाँ योजना र कार्यक्रमको लिएर संगठन अघि बढ्ने दावी गर्नुभएको छ। पुनले नेपालमा सामन्ति राजतन्त्रको अन्त्यगरी संघिय गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन वाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्ने चुनौती आम युवा विद्यार्थीहरुको काँधमा आएकोले अखिल(क्रान्तिकारी) रचनात्मक र श्रृजनशील आन्दोलनको निति अपनाउदैं देश र जनताको अवस्था बदल्न अबको राजनितिक र शैक्षिक एजेण्डा,निति र कार्यक्रम बनाएर अघि बढ्ने जानकारी गर्नुभयो।

पुनले संगठनमा निति,विधि र पद्वतिमा चल्ने बताउँदै वरिष्ठता, योग्यता, क्षमता, सक्रियता र निरन्तरतामा भएका संगठनको श्रेष्ठता दक्ष ब्यक्तहरुलाई संगठनले जिम्मेवारी दिने जानकारी गर्दै संगठनको विधि पद्वति र काम छोडेर पार्टी नेताहरु र संगठनका नेताहरुको आशिर्वाद र आश्वासनको पछि लागेर मात्र नेता हुन पाईन्छ भन्ने सपना नदेख्न आग्रह गरे।

डोटी जिल्लामा रहेका प्रत्येक मावि +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसम्मत नयाँ कमिटी निर्माण गरिएको छ।”प्रतिगमन,भ्रष्ट्रचार र शैक्षिक माफिया विरुद्वमा हाम्रो आन्दोलन,समाजवादी शिक्षाको पक्षमा सातौं जिल्ला सम्मेलन”भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको थियो। जिल्ला सम्मेलन आयोजक समिति संयोजक प्रकाश जोशी सभापतित्वमा अखिल(क्रान्तिकारी)डोटी जिल्लाको सातौं सम्मेलनमा माओवादी केन्द्रका डोटी अध्यक्ष तथा विशेष अतिथि जाङग विक”शैलेन्द्र” क्रान्तिकारीका सचिव तथा सुदुरपश्चिम प्रदेश संयोजक मदन भुल,क्रान्तिकारीका केन्द्रिय नेताहरु भिम भट्ट,पावर्ती नेगी,गम्भिर साउद दिपक विसि,विरबहादुर थापा लगाएतको उपस्थिति थियो।

अखिल(क्रान्तिकारी)ले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *