हजारौंको रगत र पसिनाबाट निर्मित कम्युनिष्ट आन्दोलन ओलिको कारण बदनाम भयो : उपाध्यक्ष पौडेल

महोत्तरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघ नेपालका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख नितेश पौडेलले हजारौंको रगत र पसिनाबाट निर्माण भएको कम्युनिष्ट आन्दोलन केपी ओलीको गलत कार्यशैलीले गर्दा बदनाम भएको बताएका छन् ।

महोत्तरीको बर्दिबासमा आज युवा संघ नेपाल प्रदेश २ स्तरीय बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले कम्युनिष्ट आन्दोलनलाई माटोमा मिलाउने काम ओलीले गरेको आरोप लगाएका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघको प्रदेश २ स्तरीय सो बैठकमा उपाध्यक्ष पौडेलले हजारौंको रगत र पसिनाबाट निर्माण भएको कम्युनिष्ट आन्दोलनलाई ओलीको गलत कार्यशैलीले गर्दा बदनाम भएको बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीलाई संस्थागत रुपमा नभई आफ्नो व्यक्तिगत इच्छा र आवश्यक्ता पुर्तिका लागि मनलाग्दी रुपमा जे पनि गर्ने सोचका साथ अगाडी बढेको पौडेलले बताए ।

‘एमाले र माओवादी केन्द्रबीचमा एकता भाँडने र बिथोल्ने काम कमरेड केपी ओलीबाटै भयो । दक्षिणपन्थी भाषमा जानका लागि ओलीले मनलाग्दी गरेर कम्युनिष्ट आन्दोलनको बदनाम गरे’ पौडेलले भने, ‘केशरजंग रायमाझी जस्तै लालगद्दार यहाँ ओली छन् अब हामीले नयाँ शिराबाट अगाडी बढन आवश्यक छ । कम्युनिष्ट आन्दोलनको जर्गेना गर्दै संगठनलाई समेत नयाँ ढाँचामा अगाडी बढाउँनुपर्छ ।’

एमाले र माओवादीबीचको एकता भाँडने ओलीले अहिले आएर एमालेको एकता बिथोल्ने काम गरेको आरोप उनले लगाए ।

संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्र तथा समावेशिताको संरक्षणका लागि हिजोको दिनमा आन्दोलन गरेको स्मरण गर्दै उनले मनोमानी गर्ने र विदेशीको इसारामा चल्नेहरुको बिरोध शसक्त रुपमा आउँने दिनमा समेत हुने चेतावनी दिए ।

संगठनलाई गाउँ-गाउँसम्म गठन, पुर्नगठन गर्न निर्देशन दिदै उनले अतिवादी सोच एवं नेतृत्वका विरुद्धमा शसक्तरुपमा लाग्न निर्देशन समेत दिए । कुनै पनि अतिवादी शक्तिका बिरुद्ध युवासंघ नझुकेको बताउँदै उनले दक्षिणपन्थी बिचार बोक्ने र विदेशीको इसारामा चल्ने नेतृत्व आफूहरुलाई स्वीकार नभएको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *