पोर्तुगलमा नेपाली एकता मंन्चले मनायो जनयुद्ध दिवस

लिजवन : प्रवासी नेपाली एकता मंन्च पोर्तुगलले जुम बैठक मार्फत २६ औं जनयुद्ध दिवस मनाएको छ । घाइते अपांग प्रती उच्च सम्मान गर्दै , जनयुद्धका सहिदहरुप्रती श्रद्धा सुमन गर्दै जुम बैठक गरिएको संगठनका संयोजक राजेन्द्र गौतमले बताए ।

राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकमा अनेरास्ववियुका सह – संयोजक रन्जित तामाङ प्रमुख अतिथि रहेका थिए । बिरमान मगर, धर्मराज खतिवडा , गंगा भुसाल लगायतको आथित्यता र पोर्तुगलमा रहेका नेकपा आवद्ध नेता कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

जनयुद्धले उत्पीडित र विभेदमा पारिएको वर्ग, समुदाय अगाडि आउनु इतिहासको महत्वपूर्ण कदम रहेको र अहिले प्रम ओलि ले ब्यबस्थापमाथी जुन प्रहार गरिरहेका छ्न । जसले जनयुद्धमाथी अपमान मात्रै नभएर ब्यबस्थामाथीको प्रहार भएको हुँदा संघर्ष जारी रहने रन्जित तामाङले बताए । उनले प्रवासमा रहेका नेपाली समुदायको सहयोगको अपिल समेत गरेका छ्न ।

सहिद घाइतेलाई सम्झदै धर्म खतिवडा , बिरमान मगर , गंगा भुसालले  प्रवासमा रहेका नेपाली समुदाय जनयुद्धको उपलब्धि रक्षा बिकास समृद्धिको बाधकको बिरुद्ध एक जुट हुँदै अधि बढ्नुपर्ने बताए।

बैठकमा पोर्तुगलको विभिन्न भुभागमा रहेका नेकपा निकट कार्यकर्ता , शुभचिन्तकको सहभागीता रहेको थियो । सबैले जनयुद्धको उच्च सम्मान गर्दै प्राप्त उपलब्धिको रक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

संयोजक गौतमले सबैको सहभागी बडाउदै नेपाली समुदाएको समस्यामा सामुहिकतामा हल गर्दै अघि बढ्ने बताए । साथै केपि ओलिको प्रतिगमन बिरुद्ध सबै साथीहरु जट्नु पर्ने बताए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *