कविता : मेरो प्यारो जुनी

-माया प्रसाद शर्मा (पारशमणि)

कुशेमुशे हिमालको फेदीमा
घनघोर जंगलको बीचमा
अवस्थित मेरो प्यारो जुनी
मेरो आँखाको केन्द्र
असंख्य क्रान्तिकारीहरूको
मुटुको ढुकढुकी
तिम्रो नाम सम्झँदा
मेरो शिर ठाडो हुन्छ
इइगर्वले छाती फुल्छ
मायाले हृदय भरिन्छ
मेरो प्यारो जुनी

तिमीले जीवन र मृत्युको
परिभाषा फेरिदियाै
न्याय र अन्यायको विभेद
छुट्याई दियाै
सिस्ने हिमालको हावालाई दुश्मनका विरुद्ध चलायाै    जनप्रतिरोधको लागि
असंख्य कष्टहरु झेल्न सिकायौ मेरो प्यारो जुनी
महान मान्छेका बिरगतिमा
ईन्क्लाबका नाराबाट
प्रतिध्वनित गरिरयाै
बर्षाको मुसलधारे झरीमा
हिमालका खोचमा रहेका
ओडारहरुमा रात बितायाै
अग्लो डाँडाको हिउँमा
परेड खेलेर रात बितायाै
चारैतिरका निरंकुशताका पर्खालहरु ढल्न
भौतिक शरिरको प्रवाह गरेनौ फासिष्टहरुका हिरासतमा
राक्षसहरुका कैदखानामा
कतैशिर झुकाएनाै
मेरो प्यारो जुनी

जुनी फेर्ने अभियानमा
निरन्तर अग्रसर भईरयौ
तारा बनेर चम्की रह्याै
तर जुनी
अझै रात बाकी छ
आजै काम बाँकी छ
त्यसैले ए मेरो प्यारो जुनी
निरन्तर चम्कीरउ
निरन्तर चम्कीरउ ।।।
हाल राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा तत्कालीन सरकारले २०५५ असार ६ गते जाजरकोटको जुर्क निपानेमा किलो सेरा टु अप्रेसनका बेला ६ जना किसानहरूको सामूहिक हत्या गएको थियो । त्यही सम्झनामा ५६ असार ६ गते लेखेको कविता ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *