बुबा ! माइ सुपर हिरो

-क्षितिज सुवेदी

बुबा” शब्द आफैमा प्यारो छ!! आफैमा एउटा सहास, शक्तिशाली र सान्दर्भिक छ, झन मलाई जन्मदिनु हुने मेरा बाबा हजुर त मेरो लागि एक सुपर हिरो हुनुहुन्छ।

आजको मितिमा पर्न गएको मेरो सुपर हिरो बाबाको जन्मदिनको बारेमा केही कुरा लेख्न जाँदै छु, मलाई थाहा छ मेरा यी शब्दहरु कम नै हुन्छ बुबा हजुरको बिशेषताको बर्णन गर्नको निमित्त । तर पनि म सानो प्रयास गर्दै छु केही गल्ती छ भने देखि सधै झै साथी बनेर नै सच्च्याई दिस्यो है।

मेरो उमेरमा हजुरले गर्नु भएका योगदान कसैको मुखबाट सुन्न पाउँदा आफैलाई गर्व लागेर आउछ अनि फेरि सोच्छु मेरो उमेर देखि हजुर महान होइसिन्थ्यो तर म किन हुन सकिन होला जस्तो पनि लाग्छ कहिले काहीँ। आदरणीय बुबा, ढोग गरे धेरै धेरै माया मिति २०३२ साल असार २७ गते रुदै यश धर्तिमा जन्म लिनु भएको हजुरले सायद आज सम्म सबैलाई हसाइ साथै खुसी नै बनाउनु भएको छ। आज २०७७-०३-२७ गतेका दिन हजुर ४४ औं वसन्त पार गरि ४५ औ मा प्रबेश गर्दै होइसिन्छ।

हजुरलाई जन्म दिनको करोडौं, अरबौ शुभकामना छ बुबा। निकै शान्त स्वोभावको हजुर रिसाउनु भएको कहिले चाल पाउन सकिन,आफुलाई मुटुको रोग हुदाहुदै पनि मनमा परेको चोट र पिडाहरु कहिले हामीलाई सुनाउनु भएन। आफ्नो मन कमजोर छ थाहा छ तर हामिलाई सधै साहासको बाटोमा डोर्याउनु भयो।जिन्दगीमा मैले जत्तिको गल्ती कसैले पनि गरेन होला तर हजुरले सधै साथी बनेर मेरो हरेक कुरा बुझेर मलाई सच्याउनु भयो। मलाई केही कुराको कमि हुन किन दिनु भएन बुबा ? सायद केही कुराको कमि भएको भए जिन्दगीको बारेमा अझै प्रष्टसङ्ग बुझ्न सक्थे कि? या त आफुले पहिला भोक्नु भएको केही कुराको आभाव या त कमिलाई सम्झेर? सानै देखि मेहेनती होइसिन्थ्यो रे हजुर त मलाई किन ढलेको सिन्का उचाल्न दिनु भएन बुबा??

सायद हजुरले आफ्नो सन्तानलाई सुखमा राखुम भनेर नै धेरै दुख गर्नु भएको होला है बुबा सायद सन्सारमा कमै मान्छे होला जस्ले आमाको भन्दा बढी गुनगान बुबाको गाउछ्न, आमा र बुबालाई दाज्न मिल्दैन थाहा छ बुबा मलाई तर हजुरको परिवार प्रतिको योग्दान देख्दा मलाई हजुर नै महान लाग्छ् बुबा हजुर मेरो लागि एउटा उदाहरण हो, पावर हो, सहास हो, आत्मबल हो,खुसी हो,समृद्धि हो,प्रेरणा हो। हजुर मेरो लागि भग्वान हो,जिन्दगी हो, मेरो सन्सार हो, मेरो मुटुको धड्कन हो।हजुरले देखाउनु भएको पाइलामा सदैब चल्न सकु,कहिले पनि हजुर मेरो कारणले निराश हुन नपरोश। हजुरको मुहारमा हासो हो, हजुरको सदैब आयु होस, हजुरभन्दा ठूलो भग्वान पनि हुदैन।हजुरमा नै म ३३ कोटि देबि देउता पाउने गर्छु।

पिता रोटी हे,कपडा हे, मकान हे!!
पिता नन्हे से परिन्देका बडा आसमान हे
पिता हे तो घरमे प्रतिपल राग हे
पिता से मा कि चुडि,बिन्दी और सुहाग हे
पिता हे तो बच्चे के सारा सपना हे
पिता हे तो बजार के सब खिलौना अपना हे
जन्म दिनको शुभकामना बुबा 🎂🎂🎉🎉🎉🎈🎈🎈

बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । ठेस लाग्दा पनि हामी अइया बाबा भन्छौं, यो शब्द भित्रबाट अनायस निस्किन्छ । मानौं यो एउटा पावर हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ । हो त्यही साहास दिने बाबाको आज जन्म दिन परेको हुनाले उहाँको आज यो विशेष दिन हजुरको सुस्वास्थ्य तथा दिर्घायु को कामना गर्दछु बुबा भगवान श्री पशुपतिनाथले सधैं रक्षा गरुन् ।

                 उहीँ तपाईको चकचके प्यारो छोरा 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *