प्रधानमन्त्री ओलीले  अब विश्राम गर्नुपर्दछ

सुरेन्द्र श्रेष्ठ

पार्टीका केहि सवालहरुमा आफ्नो धारणा व्यक्तगर्ने बित्तिकै पूर्व माओबादीको बिल्ला भिराइन्छ । पार्टी एकीकरण पूर्ण नभएपनि एक आपसको दुरी भने कम हुदै गएको छ ।
अहिले सतहमा आएको विवादहरु के चित्रण गरिएको जस्तो पुर्वपार्टीहरु बिचको समस्या हो त् ?

भिन्न समयमा विविध अपमान सहेर भएपनि प्रचन्डले पार्टी एकताको मूल स्पिरिटलाई कहिं कतै कमजोर हुन् दिएका छैनन् । पार्टी एकताको एउटा मुख्य आधार पालोपालो सरकारको नेतृत्व गर्ने लिखित विषयलाइ पनि परिवर्तित घटनाक्रमको कारण त्याग गरे ।

कोरोनापछिको विश्वराजनीतिक परिदृश्यलाई अनुमान गर्दै नेपालमा फेरि पनि सहकार्यको आवश्यकता भएको भावना व्यक्तमात्र गर्दा त्यत्रो प्रतिकार भयो। त्यसलाई आफ्नो पूरा नगरी नहुने विचारको रुपमा लाद्न खोजेको पनि थिएनन् ।
तर “बनको बाघले नखाएपनि मनको बाघले खायो” भने झैं कोहि कसैसंग नसोधी सविधानको मूल मर्ममाथि नै प्रहार गर्नेखालका दुइ अध्यादेशहरु प्रस्ताव मात्रै गरेनन् । सचिवालयको बैठकबाट फिर्ता लिनपर्ला भनेर राष्ट्रपतीबाट हतारहतार हस्ताक्षर गर्न लगाइयो । तर दुइ दिन पछि फिर्ता लिन बाध्य भए ।

के यो घटना ल भै हाल्यो भनेर छाड्ने बिषय हो ? यत्रो ठुलो असफल प्रयास किन केका लागि कसरि भयो ? त्यसको जवाफदेही हुनपर्दैन ? पार्टीलाई आवश्यकता पर्दा सदनमा दुइ तिहाइ मत पाउन सक्ने अवस्थालाई यो घटनाले अब असम्भव बनाइ दियो ।

अहिले आएर पाँच वर्ष प्रधानमंत्री बन्न कमरेड केपी ओलीको नामको कारणले मात्रै जितेको हो भनेर जग हसाउँन पाइन्छ ? चुनाब त यस अगाडी पनि थुप्रै भए । ओली ज्युको नेतृत्वमा भएको निर्बाचन पनि देखेकै हो ।

फुट्नको लागि तयार भएर बसेका दललाइ झन् बलियो बनाइ दियो । अर्काको पार्टी फुटाउन गरिएका हर्कतहरुले उब्जाएका घटना कसरि मत्थर हुने हो त्यो यसै भन्न सकिन्न । विधान अनुसार बस्ने भनिएको पार्टीका विभिन्न समितिको नियमित बैठक बोलाउने जाँगर चलाउदैन । स्थाई समिति बैठक बसेर उठेका प्रश्नहरुको हल गरौं भन्दा अपदस्थ गर्न खोजियो भनेर सांसद गन्ने तिर लागेका छन् । ति सांसदहरु पार्टीले टिकट दिएर सबै कार्यकर्ता लागेर पार्टी एकताको संदेश सहित जितेको हैन र ?

अहिले आएर पाँच वर्ष प्रधानमंत्री बन्न कमरेड के पी ओलीको नामको कारणले मात्रै जितेको हो भनेर जग हसाउन पाइन्छ ? चुनाब त यस अगाडी पनि थुप्रै भए । ओली ज्युको नेतृत्वमा भयको निर्बाचन पनि देखीएकै हो ।

अनि चुनाबमा कबुल गरेका के कति काम सम्पन्न भयो त्यसको लेखाजोखा पनि गर्न पर्छ होला नि ? विधानमामै स्पस्टसंग लेखिएको एक व्यक्ति एक मुख्य भूमिका को मर्मलाई अध्यक्ष आफूले मात्रै हैन आफू वरिपरिका विशेष व्यक्तिहरुलाई दुई मुख्य पद दिएर असहमतिको बिजारोपण गरियो ।

अहिले पार्टी एकताको लागि पद छाड्न तयार युवा नेताहरुको दिमागमा यस्तो अवस्था आउनसक्छ भन्ने हेक्का समेत रहेन । पद त्याग्न तयार छु भन्दै दानी भयर देखिएका छन् । सचिवालयको बैठकमा आफुले गरेका गल्ति उपर आत्मा आलोचना गर्दै पार्टीलाई एकजुट बनाएर समृद्ध देश बनाउन म जुनसुकै त्याग गर्नपनि तयार छु भन्नकोसट्टा असंभव प्रस्ताव अगाडी सार्न पुग्छन् । वहाँले सार्नुभएको प्रस्ताव निर्णयमा पुगे पनि व्यवहारमा ल्याउन कठिन मात्रै हैन असम्भव देखिन्छ । यस खालको प्रयास पटकपटक भएको पनि हो ।

अन्तत : बामदेब गौतमलाइ राष्ट्रिय सभाको सदस्य समेत बनाउन तयार हुनुभएन। संविधान परिवर्तन गरेर वहाँलाई प्रधानमंत्री बनाउने प्रयास पनि असफल भैसकेको छ । कुनै क्षेत्रमा सांसद बनाउने कोशिसले पनि पटकपटक मुर्तरुप लिनसकेन ।

अहिले फेरि एकजना सांसद आफु पछिहटेर वहाँलाई जिताउन सकिन्छ भन्नथालेको देखिन्छ। जुन क्षेत्रमा वहाँ आफै फेरि चुनाबमा टिकट पायो भने पनि जित्ने पक्कापक्कि छैन । त्यहि खाली भएको क्षेत्रमा पनि उम्मेदवारी दिने कुरा थियो ।

पहिलाको निर्वाचनमा सम्भावित प्रतिष्पर्धी भनेर ठुलो मत अन्तरले जित्न सकिने क्षेत्रमा समेत हराएका कार्यकर्ताहरुले अहिले झन् आफैलाई फाल्न ल्याउने निर्वाचनमा जिताउलान् भनेर नचिताएपनि हुन्छ ।

त्यसमाथि विपक्षहरु जोडबल त हुने नै छ । नेपालको लागि यो सानो जनमत संग्रह जस्तो हुनेछ । अहिले ज्यादै उदार भएर माधब नेपाललाई तेस्रो अध्यक्ष प्रस्ताव गर्नुभएको छ । हिजो वहाँको लाइनमा लागेकै कारण एउटा महिला मुख्यमंत्री बनाउन पर्छ भन्ने जबरजस्त आवाजलाई कसरी निस्तेज गर्यो त्यो सबैले देखे भोगेकै हो ।

विधानमा तेस्रो अध्यक्ष थप्न विधिअनुसार केन्द्रिय समितिको बैठक पनि बस्नुपर्ला । त्यसै त दुइ अध्यक्षात्मक प्रणाली नै गलत भैरहेको महशुस भैरहेको अवस्ठामा तीनजना बनाउने त कुनै हालतमा पनि उचित हुँदैन । आफू ठूलो अध्यक्ष हूँ भन्ने प्रमाणित गर्न सचिवालयको बैठकमा अर्का अध्यक्षलाई अन्य सदस्यहरुसंगको सिटमा राखिन्छ ।

बस्ने सिट आफू छेउराख्दा बिरामी मान्छे संक्रमणको डर हुन्छ भन्नु सम्म त ठिकै होला तर रातो टेबल कभरको छुट्टै प्रवन्ध अहमताको गन्ध बाहेक के हुन् सक्छ ?

हेर्दा सामान्य जस्तो देखिने तर ठुलो मानसिक कुटिलता को विषय हो यो। त्यसमा त झन् अर्को अध्यक्ष थप्ने भन्नु त अर्को जाल बिछ्याउनु मात्रै हो । आफूले छाड्नपर्ने भएपछि पार्टीले जे निर्णय गर्छ मान्छु भन्न सक्नु पर्ने थियो । तर आफू नै पदमा बसीरहन हुननसक्ने बिकल्प अगाडी सारेर समय किन्न खोजेको स्पस्ट हुन्छ ।

यो शक्ति सन्तुलनको खेल एउटा सक्रिय पार्टीमा हुनु स्वाभाविक नै मान्नु पर्दछ । हिजो पार्टी एकिकरणको क्रममा आफ्नो पार्टी भित्रको सबै धारलाई समान व्यवहार गर्न नसक्नुको कारण बिस्फोटन भएको मात्रै हो । आफ्नोलाई काखा अर्कालाई पाखा गर्नुको परिणाम पनि हो । नेताले भने धरहराबाट हाम्फाल्नेहरुको भिड जम्मा गरेर संरक्षण गरेको नतिजा हो यो ।

बस्ने सिट आफू छेउराख्दा बिरामी मान्छे संक्रमणको डर हुन्छ भन्नु सम्म त ठिकै होला तर रातो टेबल कभरको छुट्टै प्रवन्ध अहमताको गन्ध बाहेक के हुन् सक्छ ?

आफ्नो पक्षका मंत्रीलाई जोगाउँदै आफ्नो बचावटमा खटाउनुको उपलब्धि हो यो । बिगतमा ससाना कुराहरुमा समेत संसद अवरुद्ध भएका थुप्रै घटनाहरु छन् । अब बस्ने अधिवेशनमा विषयमा नै प्रवेश गर्न नदिने तयारीको बारेमा अनभिज्ञ रहनु हुँदैन ।

लकडाउन हुँदाको अवस्थामा समेत बिभिन्न ठाउँमा बिरोध कार्यक्रमहरु आयोजना भएका छन् । प्रतिकारका प्रयासहरु पनि भयका छन् । भोलि लकडाउन खुल्ने बित्तिकैको अवस्थालाइ मध्यनजर राख्ने हो भने ठूलो दुर्घटना हुने सम्भावना देखिन्छ ।

पार्टी भित्रमात्रै हैन बाहिर पनि थुप्रै असन्तुष्टिहरु देखिएका छन् । यो अवस्थालाई सामान्यीकरण गराउनको लागि र पार्टीलाई थप उर्जा सहित अगाडी बढाउनको लागि प्रधानमंत्रीको उपयुक्त सरल र सम्भव हुने बिकल्प खोज्न आवश्यक छ ।

अहिलेको अपरिहार्य आवश्यकता भनेको राजनीतिक इक्षाशक्ति सहितको सक्रिय नेतृत्व हो । बालुवाटारको निवासदेखि बैठक स्थलसम्म आज त हिँडेरै पुग्नु भयो भनेर फोटो खिचेर दुनिंयालाई देखाउन पर्ने स्थिति कायम रहन हुँदैन ।अस्वस्थताको कारण आवश्यक कामहरु रोकिनु हुँदैन ।शारीरिक रुपमा तन्दुरुस्थ हुनपनि प्रधानमंत्री केपी वलीले केहि समय बिश्राम गर्न आवश्यक छ ।

सामान्य मानिसले समेत यस्तो अवस्थामा थुप्रै व्यक्तिगत कामहरु निश्चित समयकोलागि स्थगित गर्नपर्ने हुन्छ भने देश चलाउन सजिलो काम हैन, सके गरौंला नसके भोलि गर्छु भन्न मिल्दैन ।

पार्टी देश र वहाँ आफ्नै लागि पनि यो आराम गर्ने उपयुक्त समय हो । अन्यथा यो विषयले झन् झन् उग्ररुप लिँदै जानेछ र हामीले नसोचेका नचाहेका परिणामहरु भोग्दै जान पर्ने सम्भावना हुनेछ । अहमताको राजनीति छाडौं र पार्टी पद्धतिलाई सम्मान गरौं।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *