आमा

प्रकाश अधिकारी

आमा

जन्म दिने
बाटो देखाउने
संस्कार संस्कृतिमा
रम्न सिकाउँने
सु -बाटो र कु- बाटो
छुट्याएर हिड्न सिकाउने
अफ्ठ्याराहरु पन्छाएर
सिजिलो बनाएर
कर्म रेखा कोरीदिने
बिरताकी खानी उनी
सहनशीलताकी प्रतिमूति ।।

घर सम्हालेर
सन्तान र परिवार अंगालेर
आफू जलेर अरुलाई
उज्यालो दिने
हृदयकी धनी उनी ।

धैर्यता नभत्काइ
आफू खुशी हुनु भन्दा
सन्तानलाई खुशी बाँढेर
त्यही खुशीमा रमाउँने
सधैं
उनीहरुमानै समर्पित भएर
सिङ्गो छहारी बनेर
शीतलाता प्रदान गरिहने

सन्तानको
थकाइ बिसाउने
चौतारी हुन् आमा
अतुलनीय मायाकी
सागर हुन् आमा ।।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *