राहत लिएर गएको समूहले युवालाई कुटपिट गरे

 

स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ । लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने परिवारलाई धौधौ परेको छ ।

यिनै विपन्‍नका नाममा राहत वितरण अभियान नै चलेको छ देशभरी। स्याङ्जामा राहत वितरण गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले उल्टै सर्वसाधारणलाई कुटेर फर्किएका छन् ।

चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरी सँगै गएका समूहले वडा नं. ६ का सुमन बिकलाई कुटपिट गरेका हुन्।
वडा नं ६ को मोहमी गाउँमा गरिएको राहत वितरण प्रकृयामा चित्त नबुझेपछि बिकले आपत्ति जनाएका थिए। उनले स्थानीय सरकारको रहात वितरण गर्ने शैलीमाथि प्रश्न गरेका थिए ।

‘मैले नराम्रो कुरा गरेको थिइनँ। २५ किलोका एक बोरा चामलले गाउँको ५ परिवारलाई कसरी पुग्छ भनेको थिएँ’, उनले भने, ‘मेयर सा’बसँग आएका युवाहरुले कुटे ।’ कुटपिटबाट उनको ओठमा चोट लागेको छ ।
राहत वितरणमा अवरोध गर्न आएपछि सम्झाइ बुझाइ मात्र गरिएको दाबी मेयर गिरीले गरेका छन्। उनले कसैलाई हात नहालेका बताए ।

‘विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उनले भने, ‘हात चाहिँ हालेका छैनन्।’ उनले त्यहाँ कुटपिटको घटना नभएको दाबी गरेका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *