फिलिपिन्समा आँधीका कारण ४१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ ।

दशौं हजारको संख्यामा स्थानीयहरु विस्थापित भएका छन् । १२ जना हराइरहेको सरकारी अधिकारीले जनाएका छन् । गत बुधबार क्रिसमसको दिन विनाशकारी आँधी आएको थियो ।

आँधीका कारण केही दिनसम्म विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । विमानस्थल समेत ठप्प पारिएको थियो । फिलिपिन्समा यसअघि २०१३ मा आएको आँधीका कारण सात हजार भन्दा धेरैको ज्यान गएको थियो ।ऎजेन्सी

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *