नेपाल आइडलको तेस्रो संस्करण आजबाट

काठमाडौं – नेपाली गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण आजदेखि सुरु हुँदैछ।

पहिलो र दोश्रो संस्करणको सफलतापछि सुरु भएको तेस्रो संस्करण अन्तर्गत प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुनेछ। देशका प्रमुख  सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने निर्देशक लोकेश बज्रचार्यले जानकारी दिए।

अघिल्ला संस्करणमा सहभागी प्रतिभाले नेपाली सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित गरिसकेका कारण पनि सांगीतिक क्षेत्रमा भविष्य खोज्नेबीच नेपाल आइडल लोकप्रिय छ। सांगीतिक क्षेत्रमा राम्रो ज्ञान भएका प्रतियोगीको  उल्लेख्य सहभागिताले यो संस्करण अझै बढी रोचक र प्रतिस्पर्धात्मक हुने निर्देशक एलिन श्रेष्ठले बताए।

नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष रहने आइडल टिमले जानकारी दिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *