काठमाडौंमा रोटि पोल्ने युवा ब्यबसायी पिताम्बर को संघर्षको कथा

काठमाडौ –कोटेश्वरबाट महादेसवस्थान मन्दिर र नेकपाको कार्यालय पेरिसडाडा जाने मुलबाटोमै पर्छ,ॐ कान्तिपुर तन्दुरी भोजनालय । सडक कालोपत्र गरिएको छ, तर पनि सवारी र मानिसको चाप बाक्लो छ । यही सडक छेउमा तन्दुरी भोजनालयबाट आफ्नो जिन्दगी अघि बढाउँदै हुनुहुन्छ, पिताम्बर पोखरेल ।

पाल्पा जिल्लाको छहरा गाबिस ८ नम्बर वडामा २०४५ सालमा जन्मिएका पोखरेल हाल काठमाडौमा उदाहरणीय जीवन बाँचिरहेका छन् । बुवा ओम प्रसाद पोखरेलको जेठा छोरा हुन पिताम्बर । हाल काठमाडौमा हजुरआमा बुवाआमा श्रीमती एक छोरा र छोरी सँगै छ्न पोखरेल ।

पोखरेलको पाल्पामा १९ वर्षअघिनै होटल ब्यबसाय थियो।बुवा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । बुवाले होटेलमा समय निकै कम दिन सक्नुहुन्थियो । आमा र म भएर होटेलको काम गर्नुपर्दथियो । एस एल सि पछि फुल टाइम होटेलमा ब्यस्त भए पोखरेल । बुटवल पाल्पा तानसेन रुटको काठमाडौबाट आएका यात्रुहरुले खाना , नास्ता र बाँस बस्ने ब्यबस्था उनको होटेलमा हुन्थियो । हाइवेय लाइनको ब्यबसाय गाडी लाइनमा निर्भर हुनुपर्दथियो । गाउँको ब्यबसायमा त्यति सन्तुष्ट हुन नसकेपछि काठमाडौ जाने या बुटवल गएर संघर्ष गर्ने अन्योल बढिरहेको थियो । काठमाडौं आउने आधार कमै थियो- चिनजान र अनुभवको कमि थियो ।

एक दिन पोखरेल दाजुभाइ सँग संयोगले भेट/ छलफल भयो। ब्यबसाय कहाँगर्ने कसरी गर्ने भन्ने विषयमा छलफल भयो । उहाले भन्नुभयो – पोखरेल दाजुभाइको काठमाडौमा थुप्रै तन्दुरी ब्यबसाय छ । उतै काठमाडौ जाँउ उतै ब्यबसाय गरौंला। त्यसपछि घरमा बुवाआमा सँग सल्लाह गरि हजुरबुवा , बुवाआमा भाईलाई लिएर काठमाडौ आए । पसल खोज्दै काठमाडौको सडकमा धेरै भौतारिए । करिब २ महिना पछि कोटेश्वरमा लुम्बिनी तन्दुरी बिक्रीमा छ भन्ने खबर पाए । बुवा र म बुझ्न कोटेश्वर गयौं । कुराकानी चल्यो । पसल किन्ने बिचार गर्यौँ । दुई दिन पछि पसल किन्यौ । पुरानो पसलको नाम परिवर्तन गरेर ॐ कान्तिपुर तन्दुरी भोजनालय बनायौँ ।गाउँका दाजुभाइ परिवारको थुप्रै कान्तिपुर तन्दुरी ब्यबसाय छ्न । हाम्रो परिवारको ब्यबसाय लुम्बिनी तन्दुरी ब्यबसायमा आवद्ध छ ।

पोखरेल भन्छ्न – हाम्रो मुख्य ब्यापार तन्दुरी रोटि हो । रोटि शुद्ध गहुँको पिठोबाट बनाइन्छ । साथमा नान , आलु परौठा पाइन्छ । तरकारीमा दाल फ्राइ , मिक्स भेज , मटन पनिर, पालक पनिर , शाही पनिर , ननभेज , चिकेन , मटन लगायतका परिकार पाइन्छ । धेरै टाढा बाट तन्दुरी रोटी खान हाम्रोमा आउनुहुन्छ ।

अस्वस्थ खानपान र जिबनशैलिबाट सुगर पिडितको संख्या बढ्दो छ । यसकारण पनि तन्दुरीरोटिमा आकर्षण बढिरहेको पिताम्बर पोखरेल बताउछ्न । आफ्नै अगाडि पोलेको तन्दुरी पारिवारिक वातावरणमा रमाउदै खान पाउने ब्यबस्था ॐ कान्तिपुर तन्दुरी भोजनालय कोटेश्वरमा रहेको पोखरेल बताउछ्न ।

काठमाडौ भक्तपुर ललितपुरमा करिब २ सयको हाराहारीमा पोखरेल परिवार र अन्यको गरि लुम्बिनी , कान्तिपुर , पाल्पाली तन्दुरी भोजनालय संन्चालनमा छ्न । यहाँ एउटै स्वादको परिकार खान पाइने पिताम्बर ले जानकारी दिए । प्रत्येक भोजनालयबाट पाँच सात जनाले रोजगारी पाएका छ्न।

त्यस्तै मैले पनि ५-६ जनालाई रोजगारी दिएको छु पिताम्बरले जानकारी दिए । म र हाम्रो स्टाफ सबै खुशी छौँ । ।

पोखरेलले ग्लोबल खबर सँगको कुराकानीमा भने – स्वदेशमै ब्यबसाय गर्न पाउँदा निकै खुशी छु । म आफू मात्रै खुशी छैन स्टाफ पनि खुशी छ्न । यहीं बसेर खाना खाजा खाएर मासिक १५-२० हजार स्यालरी बचाउछ्न । बिहान ६ बजे देखि रातको १० बजे सम्म तन्दुरी भोजनालय खुल्ने गरेको छ। प्राय जस्तो तन्दुरी ब्यबसाय ढिला खुल्छ्न । ॐ कान्तिपुर भोजनालय कोटेश्वर सबेरै ६ बजे देखि राती १० बजे सम्म खुल्छ । ज्यामी मजदुर , सरकारी कर्मचारी देखि सर्वसाधारण ग्राहकबन्धुहरु आउनुहुन्छ । यो समयमा खाना खाजा पाइन्छ भनेर ग्राहकहरु पनि खुशी हुनुहुन्छ संचालक पोखरेलले बताए ।

अहिले ब्यबसाय गर्न अलि कस्टकर छ । चुनौती उतिकै बढ्दो छ । सुख दुख नभनि ब्यबसाय संन्चालन गरिरहेका छौँ । स्वदेशमा भबिस्य नदेखेर विदेशिन विबस युवाहरुलाई पोखरेल भन्छ्न नेपालकै माटोमा सुन फलाउन सकिन्छ । दुख गरि सुख लिन बिदेशीनु पर्दैन । नेपालमै धेरै सम्भावना छ । यहि केही गरौ । ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *