भेडा विद्यार्थी

ऎजेन्सी – फ्रान्सको एउटा स्कुलमा १५ वटा भेडा भर्ना भएका छन्। उनीहरू औपचारिक रूपमा विद्यार्थी भएका छन्। हिमाली क्षेत्रमा पर्ने क्रेट्स एन बेलदोन नामक नगरमा रहेको जुल्स फेरी नामको प्राथमिक विद्यालयमा विद्यार्थी संख्या घटेपछि सरकारले एउटा कक्षा हटाउने सम्भावना थियो।

हेर्देर मिसेल जिरेर्द नामक एक जना किसानले विद्यालयमा १५ वटा भेडालाई भर्ना गराएर कक्षा रद्द हुने जोखिमलाई टारेका छन्।

जुल्स फेरी स्कुलमा ११ वटा कक्षा सञ्चालन भइरहेका छन्। केही विद्यार्थी घटेर सरकारी मापदण्ड नपुगेकाले एउटा कक्षा घटाउने सम्भावना थियो। केही अभिभावक यसको विरुद्ध थिए। तिनैमध्ये एक जना थिए, जिरेर्द। जसले भेडालाई भर्ना गराएर विद्यालयको कक्षा जोगाएका छन्।

मेयर जाँ लुई मारेतले भेडा भर्नालाई समर्थन गरेका छन्। ‘एउटा कक्षामा २४ जना विद्यार्थी हुनैपर्ने राष्ट्रपति इम्यानुएल म्याक्रोनको शिक्षा नीति त्रुटिपूर्ण छ,’ उनले ले पेरिसियन पत्रिकासँग भने, ‘दुर्भाग्यवश, राष्ट्रिय शिक्षा भनेको अंक मात्र भएको छ। भेडालाई भर्ना गराएर ती किसानले एकदम ठीक गरेका छन्।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *