आजकल

सिता ओझा

आजकल
आजकल मलाई
पटक्कै बोल्न मन लाग्दै लाग्दैन ,
मन खोलेर बोले टिक्न पाइदैन ,
त्यसैले त् साथि बोल्ने आउदैन ।

आजकल म पटक्कै
यताउति हेर्न सक्दै सक्दिन
हेरिहाले भने दृस्टी पाउदिन ,
नजर भित्रको अजर छोप्ने घुम्टो पाउदिन
त्यसैले त,
अब कसैले मलाई हेर्न आउदै आउदैन ।

आजकल यताउति गर्दा
म पटक्कै पर सर्ने सक्दिन
सहिहाले भने बस्ने ठाउ छैन
त्यसभित्र
बसौ बसौ लाग्ने चमक पाउदिन ,
त्यसैले त साथि
सार्ने कुर्सि नै पो पाऊदिन ।

आजकल
साझ बिहान मैले दरबार धाउदिन ,
छिमेकीले सोध्दा उत्तर पाउदिन ,
कता कता मेरै हंस ठाउमा छैन ।
त्यसैले त प्यारा
म भित्र देश पो पाउदिन
मेरो देश पाउदिन ।
नामेट तस्बिर कबिता संग्रहबाट साभार गरिएको

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *