तेस्रो प्याब्सन अन्तर बिद्यालय फुट्सलको उपाधि सगरमाथालाई

काठमाडौं– निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक)ले फागुन १२ र १३ गते ‘इन्टर स्कुल फुटबल टुर्नामेन्ट’ तेस्रो सिजन उपाधि उचाल्न सगरमाथा एजुकेशनल एकेडेमी सफल भएको छ । यसैगरि उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ज्ञान प्रकाश एकेडेमीले ४ हजार नगद प्राप्त गर्दै मेडल, ट्रफी र प्रमान पत्र प्राप्त गरेको छ र प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै लुम्बिनी एकेडेमीले ३ हजार नगद पुरस्कार हासिल गर्दै मेडल, ट्रफी र प्रमान पत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगीतामा उत्कृष्ठ खेलाडीका रुपमा ज्ञान प्रकाश एकेडेमीका गोबिन्द खत्री र सबैभन्दा बढी गोल ज्ञान प्रकाश एकेडेमीका सतिश थापाले ट्रफि पाएका छन्।

 

यस खेलमा २३ वटा टोली सहभागी रहेको फुटसल प्रतियोगितामा सगरमाथा एजुकेशनल एकेडेमी प्रथम हुदै ट्रफी, प्रमान पत्र, मेडल र ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।यसैगरि उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ज्ञान प्रकाश एकेडेमीले ४ हजार नगद प्राप्त गर्दै मेडल, ट्रफी र प्रमान पत्र प्राप्त गरेको छ र प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै लुम्बिनी एकेडेमीले ३ हजार नगद पुरस्कार हासिल गर्दै मेडल, ट्रफी र प्रमान पत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगीतामा उत्कृष्ठ खेलाडीका रुपमा ज्ञान प्रकाश एकेडेमीका गोबिन्द खत्री र सबैभन्दा बढी गोल ज्ञान प्रकाश एकेडेमीका सतिश थापाले ट्रफि पाएका छन् । यसैगरी बेष्ट गोल किपर सगरमाथाका सबिन मगरले प्राप्त गरे र फेयर प्लेको ट्रफी प्राक्सिस इन्टरनेशनल एकेडेमीले प्राप्त गरेको छ । प्रतियोगिताका बेस्ट कोचको ट्रफी सगरमाथाका अजय बस्नेतले प्राप्त गरेका छन् । लक्ष्मी श्रेष्ठ र अमित श्रेष्ठले प्रतियोगितालाई अनुशाषित बनाउदै रेफ्रीको भुमीका निर्बाह गरे । यसैगरी पुरस्कार वितरण कार्यक्रममा प्रमुख अथितिका रुपमा रास्टृय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना रहेका थिए । प्याब्सकका अध्यक्ष बालकुमार गुरुङ र विशेष अतिथि एन प्याब्सन काठमाडौका अध्यक्ष बिष्णु पराजुलीले पुरस्कार बितरण गरेका जानकारी प्याब्सकका महासचिब गेन्द्र लामाले बताए ।

क्षमता अभिबृद्धि गर्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्याब्सकका अध्यक्ष बालकुमार गुरुङले प्याब्सकले निरन्तर रुपमा फुटसल प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले बिद्यार्थीको शारिरिक, मानसिक, बौद्धिक लगायतका क्षमताहरु अभिबृद्धि गर्नका लागि यस्तो कार्यक्रम बिदयार्थी जीवनमा आवश्यक भएकोले बिद्यार्थीको सद्भाब, मित्रता, भाईचारा बढाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले बिद्यार्थीहरुको सिप क्षमता अभिबृद्धि गर्नका लागि यस्तो आयोजनाहरु गर्ने र सदैब गरिरहने प्रतिबद्धता जनाए । उक्त प्रतियोगिता चुच्चेपाटी स्थित लुम्बिनी फुट्सल मा संचालन भएको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *