त्रिविमा  खुल्यो भ्रष्टाचारको रहस्य

काठमाडौ – विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय  मा  करोडौं भ्रष्टाचार भएको खुलासा भएको छ। त्रिविका कर्मचारी र प्राध्यापाकहरुले खाने खाजादेखि उनीहरुका विभिन्न संघसंगठका कार्यक्रममा ओढाइने खादासमेत भ्रष्टाचार गरेको खुलासा भएको हो।

कार्यक्रम, खाजाभत्ता, ओभरटाइम र भ्रमणभत्तालगायतको नाममा मात्रै करोडौंको भ्रष्टाचार हुने गरेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि कार्यकारी परिषदका पदाधिकारी, विश्वविद्यालयअन्तर्गतका अन्य विभिन्न निकाय र कार्यालयका पदाधिकारी र प्राध्यापकहरुले हवाई यात्राबाट भ्रमण गर्दासमेत कमिसन खाने गरेको अनुसन्धानबाट पुष्टि भएको छ।
आयोगले पदाधिकारीदेखि कर्मचारीलगायतले आ-आफ्ना संघसंगठनले आयोजना गरेको कार्यक्रममा व्यक्तिगत रुपमा सहभागी हुन् जाँदा खरिद गर्ने खादामासमेत त्रिविको कोषबाट दैनिक भ्रमण भत्ताकालागि सिफारिस गराएउने गरेको खुलेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिक प्रतिवेदन ०७४-०७५ मा उल्लेख भएअनुसार प्राध्यापक-शिक्षकले साढे ५२ लाख २३ हजार एक सय ४२ र कर्मचारीले एक करोड १८ लाख ८१ हजार छ सय ८६ रुपैयाँ गरी जम्मा एक करोड ८९ लाख सात हजार चार सय ९० रुपैयाँ  दैनिक भ्रमण भत्ताका नाममा नियमविपरित लिएको देखिएको छ।

यस तथ्‍याकंले मात्रै पनि त्रिविमा भ्रष्टाचारको जालो कसरी बुनिएको छ भन्‍ने प्रष्ट भएको विज्ञहरु बताउँछन्। विभिन्न मन्त्रालयगत उजुरीहरुको संख्यामा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १८.३२ प्रतिशत रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ। जसमा संघीय मामिलासँग सम्बन्धित १८.०२ प्रतिशत, भूमिसम्बन्धी ६.४८ प्रतिशत, वनसम्बन्धि ४.४८ प्रतिशत, स्वास्थ्यसम्बन्धि ४.३७ प्रतिशत, गृहप्रशासनसम्बन्धि ४.१३ प्रतिशत उजुरी परेको तथ्याकंले देखाएको छ। यस तथ्याकंलाई हेर्दा अन्य क्षेत्रको तुलानामा सबभन्दा बढी भ्रष्टाचार हुने शिक्षा क्षेत्र नै भएको पुष्टी गरेको छ।

विभिन्‍न संघसंगठन तथा त्रिविका आन्तरिक कार्यक्रममा जाँदासमेत नियमविपरित दैनिक भ्रमण भत्ता भुक्तानी लिएका उजुरीहरु थुप्रै भएको आयोगको प्रतिवेदनमा उल्‍लेख छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *