आइसीसी टी–२० विश्वकप छनोट : हङकङमाथि नेपालको सानदार जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो चौंथो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले जितका लागि दिएको ६३ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

नेपालको जितमा अप्सरी बेगमले सर्वाधिक २४ रनको याेगदान दिइन्। ३५ बलको सामना गरेकी अप्सरीले ३ चौंका प्रहार गरिन्। १० ओभरसम्म ४ विकेट गुमाउँदै मात्र २४ रन बनाएको नेपालको इनिङ् अप्सरी र सरिता मगरले सम्हालेका थिए। उनीहरूले ३२ रनको साझेदारी गरे। सरिताले ३० बलमा १६ रन बनाइन्।

अन्य कुनैपनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। कप्तान रुविना क्षेत्रीले ६, इन्दु बर्मा र काजल श्रेष्ठले ४–४, रोमा थापाले २ र नेरी थापाले १ रन बनाइन्। सीता राना मगर भने शून्य रनमा आउट भइन्। हङकङका लागि जसमिनी टिटमुसले ३.३ ओभरमा ११ रन खर्चिदै सर्वाधिक ३ विकेट हात पारिन्। त्यस्तै यि सान तो, मारिको हिल र क्यारी चानले समान १–१ विकेट हात पारे।

यसअघि पहिला ब्याटिङ गरेको हङकङले पहिला ब्याटिङ गर्दै ६२ रनको सामान्य योगफल खडा गरेको थियो।  हङकङका लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन बनाएकी थिइन्। उनले २४ बलमा १ चौंका प्रहार गरिन्। यस्तै यास्मिन दसवानीले २९ बलमा १६ र बेला पोनले २४ बलमा ११ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

हङकङलाई ६२ रनमा समेटन् नेपालकी नेरी थापाले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ६ विकेट हात पारिन्। ४ ओभर बलिङ गरेकी नेरीले ८ रनमात्र दिएकी थिइन्। त्यस्तै सरिता राना मगरको नाममा २ विकेट रह्यो।

नेपालले प्रतियोगितामा ४ खेल खेल्दै ३ जित र १ हार बेहोरेको छ। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

एसिया छनोटमा नेपालसहित ७ राष्ट्र प्रतिस्पर्धारत छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ सहभागी छन्। नेपालले लिग चरणको आफनो पाँचौँ खेलमा भोली सोमबार चीनको सामना गर्नेछ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *