सेभियामाथि बार्सिलोनाको सहज जित, मेसिको ५० औ ह्याट्रिक पुरा

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेभियालाई पराजित गरेको हो । यस्तै लुइस स्वारेजले एक गोल गरे । घरेलु टाेली सेभियाका  जेसस नाभास र गाब्रियल मेर्काडोले एक एक गोल गरे ।

मेस्सीले करियरको ५० औ ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले तालिकामा १० अंकको अग्रता बनायो ।

नाभासले २२ औ  मिनेटमा गाेल गर्दै घरेलु टाेलीलाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले १६ यार्ड टाढाबाट भलीमा गोल गर्दै २६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

६७ औ मिनेटमा दोस्रो गोल गरेका उनले ८५ औ मिनेटमा ह्याट्रिक पुरा गरे ।बार्साले २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिकोको ४७ अंक छ । सेभिल्ला ३७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *