प्रधानमन्त्रीले बिरुवा रोपेर मनाए आफ्नो ६८ औं जन्मदिन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *