कर्णालीका कलाकारहरूको नयाँ गित :’सत्य बोल्छौँ, छाती खोल्छौँ देश निकाला गर’

काठमाडौं – पशुपति शर्माको गीत सरकार नेतृत्व गरिरहेकाे पार्टी नेकपाकाे युवा संगठनले प्रतिबन्ध लगाएको भन्दै विरोध स्वरुप कर्णालीका केही कलाकार र पत्रकारले त्यस्तै अर्को गीत गाएका छन् । गायक पशुपति शर्माप्रति सम्मान व्यक्त गर्दै उनीहरुले सरकारमाथि कडा आलोचना गरेर गीत गाएका हुन् ।

कर्णालीको आञ्चलिक लवजमा सुरु भएको गीतको न्यारेशन अन्त्यमा उक्त गीत व्यांग्यात्मक भएको कलाकार स्वयंले भनेका छन् । ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ, छाती खोल्छौँ देश निकाला गर !’ भन्दै गीतमा उनीहरुले भ्रष्टाचार, अनियमितता, नेताको वीलाशी जीवनशैली, निर्मला हत्याकाण्डका कुरामा पनि कटाक्ष गरेका छन् ।

गीत गाउनै नपाउने, विरोध गर्न नपाउने गुनासो सहित उनीहरुले गीतमार्फत सरकारलाई राणा शासन तथा पञ्चायती शासनसँग तुलना गरेका छन् । साथै सत्य कुरा बोल्दा देश निकाला हुनु परे पनि आफूहरु तयार रहने आशय कलाकारहरुको छ । अभिनयात्मक शैलीमा उनीहरुले गाएको यस गीतको भिडियो सामाजिक संजालमा अहिले भाइरल नै बनाइएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *