स्ववियु निर्वाचनको माग गर्दै नेकपा निकट विद्यार्थी संगठनद्वारा भि.सी कार्यालय घेराउ

काठमाडौं – फागुनभित्र स्ववियु चुनाव हुने सम्भावना टरेपछि सत्तारूढ दल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले भि.सि कार्यालय घेराउ त्रिभुवन विश्वविद्यालयले फागुन १७ गते स्ववियुमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने भन्दै निर्वाचनको तयारी गर्न निर्देशन दिएको थियो ।

तर, त्रिविले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)निकट विद्यार्थी संगठनले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको अखिल ( क्रान्तिकारी ) का उपमहासचिव जी पी मैनाली ले बताए । दुवै संगठनले निर्धारित मितिमै चुनाव गराउन यसअघि नै अल्टिमेटम दिएको तर आनाकानी गरेको भन्त्रै त्रिवि कुनै विद्यार्थी संगठनको दबाबमा परेर चुनाव नगराउन उद्यत त छैन भनेर संशय खडा भएको उपमहासचिव मैनालीले बताए ।

चुनाव बारे के भन्छ्न भि सि ?

त्रिभुवन बिश्वबिद्धालयका भि सि तिर्थ खनिया ले ग्लोबल खबर सँगको कुराकानीमा भने स्वबियु चुनाव को प्रक्रिया अगाडि बढाउने भनेर निर्णय भैसकेको हुँदा चुनाव हुँदैन कि भन्ने आशंका विद्यार्थी संगठनले राख्न नहुने बताए ।

बिश्वबिद्धालयले निर्वाचनको सम्पुर्ण प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । चुनावको प्रक्रिया अगाडि बढाउने कुरा बिश्वबिद्धालयको हो तर चुनाव हुने नहुने कुरा त विद्यार्थी संगठन बिचको समझदारीको कुरा हो भि .सि खनिया ले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *