जनयुद्ध दिवसमा बहिर्गमित जनमुक्ति सेनाको शुभकामना

काठमाडौँ – आज फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाए ।

बहिर्गमित जनमुक्ति सेना नेपालले एक विज्ञप्ति जारी गर्दै सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना तथा बधाई दिएका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछौँ ।

सेनाले विज्ञप्तिमा जनयुद्धले कोरेको मार्गमा र सपनामा आज १० बर्षे जनयुद्ध पछिका १४ बर्ष शान्ति प्रक्रियामा मुलुक अगाडी बढीरहदा सम्म नेपाली जनताको जिवनमा वैचारिक चेतनाको बिकास बाहेक अन्य कुनै भौतिक परिवर्तनहरु हुनसकेको छैन ।

जनताको जिवनले कष्ट ब्यहोर्नुका कारण जनताको निम्ति राजनीति ब्यवस्था हुनुपर्नेमा , जनबिरोधी गतिविधिमा नै वर्तमान राजनीति नेतृत्व र नेपाली राजनीति अलमलिएको छ । मुलकमा शुसान छैन , भ्रष्टाचार मौलाएको छ । जनसेवकहरु जनतालाइ दास बनाउने क्रियाकलापमा लागी परेका उदाहरण पनि देखिरहेका छौँ , भोगिरहेका छौ ।

शासकहरुले जनतालाई दास र उनिहरु मालिक भएका छ्न । अझै नयाँ नयाँ सामन्तवादको जन्म भइरहेको छ , प्रतिक्रियावादी , प्रतिगामीहरि क्रान्तिकारि जनताको विरुद्धमा सल्बलाइरहेका छ्न ।

वक्तव्यको अन्त्यमा जनमुक्ति सेनाले सम्पुर्ण मुक्तिगामी , रास्ट्रभक्त जनसमुदायलाइ जनयुद्धको रक्षा , जनयुद्ध , गणतन्त्रको भावना अनुसार नेपाल र नेपालीको जिवनस्तरलाइ अगाडि बढाउन , सदैब क्रान्तिकारी क्रान्तिकारी कदममा गोलबन्द्द हुदै क्रान्तिलाइ निरन्तर अघि बढाइ जनताको वास्तविक शासनको प्रत्याभूत गर्ने दिशामा र आन्दोलनमा अघि बढ्न समस्त नेपाली जनसमुदाय , बुद्दिजिबी वर्ग, पत्रकार सबै वर्ग , लिङ्ग , जाति क्षेत्रलाइ एकता बलियो नेपाल निर्माण , खुशी नेपाली यस अभियानमा प्रेरणा र संकल्प मिलोस भन्न चाहन्छौ ।

जनताले कुनै पनि इतिहास हारेको छैन , सदैव जनताको जित सुनिश्चित छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *