स्ववियु निर्वाचनको मिति सार्न कोइरालाको माग

भरतपुर रासस – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् ।
“नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौँ”, महामन्त्री कोइरालाले भने,” त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौँ ।” यही महीना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसङ्घको विवाद टुङ्गाउने उनले बताए ।

अर्को प्रसङ्गमा महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *