को बन्छ करोड पतिको मोबाइल एपस सार्वजनिक

काठमाडौं– अन्तर्राष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’को मोबाइल एप सार्वजनिक भएको छ ।

विभिन्न पुरस्कारहरु जित्नका लागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोवाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ ।

कोकाकोलाको मुख्य प्रायोजनमा एक महिनाभित्रै एपिवन टेलिभिजनमा सुरु हुन गएरहेको अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ ।

एसआरबिएन मिडियाको उत्पादनमा बन्न लागेको यो कार्यक्रम एपिवान टेलिभिजनले  भित्र्याएको हो ।

प्रशारण हुनु अगावै नै मोबाइल एप भने सार्वजनिक भैसकेकाले एप मार्फत तयारी थाल्न सकिने भएको छ ।

मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि  ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *