ब्रेक अघि पुलिस र सरस्वती गोलरहित बराबरी

  1. काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत अन्तिम चरणको जारी खेलको पहिलो हाफमा सरस्वती युथ क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलको पहिलो हाफमा सरस्वती पुलिसविरुद्ध रक्षात्मक खेल्दै बराबरी राख्न सफल भएको हो ।

 १८ अंकसहित छैठौं स्थानमा रहेको पुलिसले आजको खेलमा जित निकाल्दै सुखद् विदाइको खोजिमा रहेको प्रशिक्षकले यसअघि बताइसकेका छन् ।

१३ अंक सहित १० औं स्थानमा रहेको सरस्वती भने पुलिससँग अंंक बाड्ने लक्ष्यमा छ ।

लिग च्याम्पियन मनाङ—मस्याङ्दी क्लब भइसक्दा दोस्रो सिएमजी संकटा क्लब भएको छ भने तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीचको नतिजाबाट छनोट हुनेछ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *