वाइडबडी प्रकरण सार्वजनिक नगरे छाड्दैनौ : सभापति देउवा

काठमाडौं  – प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस  सभापति  शेरबहादुर देउवाले वाइडबडी प्रकारणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन्।

बुधबार सुरु भएको प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले वाइडबडी प्रकरणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्।

वाइडबडी प्रकरणको वास्तविकता के हो ?’, देउवाले भने, ‘यो सबैकुरा जनताले थाहा पाउनुपर्यो। यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो बाहिर नल्याए सरकारलाई हामी त्यत्तिकै छोड्नेवाला छैनौँ।’

‘आजदेखि हिउँदे अधिवेशन सुरु भएको छ। हामी सहयोग गर्न चाहन्छौँ। तर सरकारले हामीसँग सहयोग चाहेको छैन’, देउवाले भने, ‘यसलाई प्रयोग गर्न हामीले जानेका छौँ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *