युरोकप २०२० छनोट प्रतियोगिताको ‘ड्र’ सार्वजनिक

एजेन्सी– युइएफए युरो २०२० छनोट प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गरिएको छ । युइएफले आइतबार ५५ देशलाई १२ वटा समूहमा विभिजन गर्दै ‘ड्र’ सार्वजनिक गरिएको हो ।

समूह ‘ए’देखि ‘इ’सम्म ५–५ टिम राखिएको भने ‘एफ’देखि ‘जे’ सम्म ६–६ टिम राखिएको छ । प्रत्येक समूहबाट उत्कृष्ट हुने २–२ टिम गरी २० टिम युरो कपका लागि छनोट हुनेछन् । बाँकी ४ टिम प्लेअफबाट छनोट हुनेछन् । प्लेअफका लागि २८ टिम योग्य छन् । सिधैं छनोट हुन सकेको अवस्थामा प्लेअफका लागि २८ टिम मध्येबाट छनोट हुनेछ ।

होम एन्ड अवेका आधारमा हुने छनोट प्रतियोगितामा समूह ‘सी’मा पूर्व विश्व विजेता जर्मनीसहित २०१० को विश्वकपको उपविजेता नेदरल्यान्ड्स, उत्तरी आयरल्यान्ड, बेलारुस र इस्टोनिया परेका छन् ।

 सन् २०२० को युरोकप युरोपका १२ देशका १२ सहरमा आयोजना हुँदैछ । जहाँ २४ देशबीच भिडन्त हुनेछ । 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *