वीरगञ्जमा एउटै नम्बर प्लेटका दुई ट्रक सशस्त्रको नियन्त्रणमा

 वीरगञ्ज: सशस्त्र प्रहरीले एकीकृत भन्सार जाँच चौकी आईसीपीबाट एउटै नम्बर प्लेट रहेका २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको आईसीपी सुरक्षा बेशबाट खटिएको टोलीले एउटै नम्बर प्लेट र एउटै सवारीधनी भएको २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

नम्बर जीजे२३वाई ८८६१ रहेको तर चेचिस नंम्बर र इन्जिन नंम्बर फरक-फरक भएको दुईवटा ट्रक फेला परेपछि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

एउटा ट्रकको इन्जिन नं. एच.वाई.ई.जेड.४२३४९८, चेचिज नम्बर MB1A3EHD3HAXG9165 र अर्कोको इन्जिन एच.डब्लू.पी.जेड.१३८५८७, चेचिस नम्बर MB1A3EHD9HAVH1335 भएपनि नम्बर प्लेट भने एउटै रहेको सशस्त्र प्रहरीको दावी छ ।

दुवै ट्रक एउटै व्यक्तिको रहेको र उनी भने फरार भएका सशस्त्र प्रहरीले बताएको छ । अन्दाजी मूल्य ४२ लाख रहेको ट्रक आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *