पिपिएल: चितवनको दोस्रो जित शिर्ष तिनमा पर्ने सम्भावना कायमै

काठमाडौ– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए ।
कुनै बेला जित नजिक पुगेको काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि हारबाट जोगिन सकेन । यता, चितवनले भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाह ६० रन बनाए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, स्मिथ पटेलले ३१ रन बनाउँदा अनिल कुमार शाहले २७ रन बनाए । त्यस्तै, कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रन बनाए ।

बलिङतर्फ बसन्त रेग्मीले २ विकेट लिए ।

जितपछि चितवनको पनि ४ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो र दोस्रो खेलमा चितवनले लगातार हार ब्यहोरेको थियो भने तेस्रो खेलमा र चौथो खेलमा जित निकाल्दै उपाधि होडलाई कायमै राखेको हो । यता, पहिलो पटक हार ब्यहोरेको काठमाडौं रोयल्सको पनि उपाधि होड कायमै रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *